संविधान जोगाउने दायित्व कांग्रेसमाथि : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानमाथि अहिले खतरा उत्पन्न भएको भन्दै यसको रक्षाको दायित्व नेपाली कांग्रेसमा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीले शनिबार भर्चुअल रुपमा गरेको ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तक्र्रिया र पुस्तक विमोचन कार्यक्रमा उनी बोल्दै थिए ।

नेपाली कांग्रेसको नेतृत्व सरकारमा रहेका बेला जारी भएको नेपालको संविधानको रक्षाका लागि कांग्रेस सदैव चिन्तित रहेको भन्दै उनले अहिले संवैधानिक संकट आएका बेला पनि पार्टीको भूमिका सशक्त हुनुपर्नेमा जोड दिए । संविधानको सर्वोच्चता भनेकै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित पद्धति हो भन्दै उनले त्यसलाई जोगाउनु सरकारको दायित्व रहे पनि वर्तमान प्रधानमन्त्रीले संविधान कुल्चने काम गरेको भनाइ राखे ।

२०७४ को चुनाव नतिजामा कम्युनिस्ट घटक दुई तिहाइ नजिक पुगेर सरकार गठन गरेपछि कांग्रेस स्वभाविक रुपमा प्रतिपक्षको भूमिकामा रहेको उनले बताए । उनले भने, ‘हामी यो अवधिमा रचनात्मक भूमिका खेल्यौं । अस्थिर राजनीतिका कारण विकास हुन नसकेका बेला अब ५ वर्षसम्म सरकार टिकोस भन्ने थियो । तर प्रधानमन्त्रीको अधिनायकवादी प्रवृत्तिले संविधानमाथि कुठाराघात भयो ।’ यो कठिन घडीमा विचार समाजजस्ता सुभेच्छुक संस्थाहरु चनाखो भएर लाग्नुपर्ने उनको भनाइ थियो । समाजले चालेको यो कदमको सफलता मिलोस् भन्ने सुझाव मुख्यमन्त्री पोखरेलले दिए ।

footwear zone

लोकतन्त्र स्थापना, पुनस्र्थापना हुँदै गणतन्त्र स्थापनामा प्रजातान्त्रिक विचार समाज लगायत संघ संस्थाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै उनले प्रशंसा समेत गरे । विचार समाज कास्कीले प्रकाशन गरेको ‘विचार प्रवाह’ को सातौं अंकको उक्त अवसमार मुख्यमन्त्री पोखरेलले विमोचन गरे ।
कार्यक्रममा विचार समाजका केन्द्रिय अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, सचिव प्राडा वासुदेव भण्डारी जिल्ला अध्यक्ष प्रा.डा गिरिधारि शर्मा, उपाध्यक्ष डा. वीरबहादुर कार्की, सचिव शिशुकला पराजुली लगायतले विचार व्यक्त गरे । अधिवक्ता कपिलमणि दाहालले अवधारणा पत्र प्रस्तुत गरेको कार्यक्रममा संविधानविद् डा. विपीन अधिकारीले टिप्पणि गरेका थिए

You might also like

Comments are closed.