निजी सवारीमा ४ जनाले र ट्याक्सीमा ३ जनाले यात्रा गर्न सक्ने

काठमाडौं । असार ८ गतेबाट लागु हुने गरी काठमाडौं उपत्यकामा थप एक साताका लागि केही खुकुलो गरी निशेधाज्ञा थप गरिएको छ । अब निशेधाज्ञामा ट्याक्सी र निजी सवारीसमेत चल्ने भएका छन् ।

नयाँ व्यवस्था अनुसार जोर गते जोर नम्बरको र बिजोर गते बिजोर नम्बरको ट्याक्सी र निजी सवारी चल्नेछन् ।

निजी सवारी (कार, जीप, भ्यान) साधनमा बढीमा ४ जनाले र ट्याक्सीमा बढीमा ३ जनाले यात्रा गर्न सक्ने व्यवस्था लागु गरिएको छ ।

footwear zone

मोटर साइकल तथा स्कुटर पनि जोर बिजोर प्रणालीमा चल्ने प्रशासनले जनाएको छ ।

 

You might also like

Comments are closed.