ब्यापार व्यवसायमा खुकुलो, बार अनुसार नुनदेखि सुन पसलसम्म खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा निशेधाज्ञा खुकुलो बनाइएसँगै व्यापार व्यवसायलाई पनि खुकुलो व्यवस्था लागु गरिएको छ । असार ८ गतेबाट निशेधाज्ञा थप गरिए पनि बार अनुसार व्यापार व्यवसाय सञ्चालनको व्यवस्था गरिएको छ ।

खाद्यान्न, दूध, तथा दुग्ध जन्य पदार्थ, फलफुल, तरकारी, माछामासु, पूजा सामग्री, बिक्री वितरण गर्ने पसलहरु, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर्स (ग्रोसरी मात्र), स्टेसनरी तथा पुस्तक पसलहरु बिहाहन ११ बजेसम्म खुल्ने भएका छन् ।

सुन पसल, भाँडा तथा भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस, इलेक्ट्रोनिक्स (मोबाइल तथा कम्प्युटर) पसल आइतबार, मंगलबार र बिहीबार बिहान ११ देखि दिउसो ४ बजेसम्म खुल्ने भएका छन् ।

footwear zone

निर्माणजन्य सामग्री (हार्डवयर, बिजुली सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेटिङ) पसल दैनिक ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था लागु गरिएको छ ।

 

You might also like

Comments are closed.