काठमाडौं । काठमाडौंको कलंकीमा रहेको नेशनल बिजनेश ट्रेड सेन्टरमा पसल नं २०९० मा छ सारा कलेक्सन एण्ड बुटिक । समयको माग अनुसार महिलाको लागि आवश्यक साडी, कुर्ता, टप्स तथा पार्टीवयरका साथै विवाह, बर्थडे, पास्नीजस्ता समारोहमा आवस्यक पर्ने कपडा अनलाइन डेलिभरी गर्दै आइरहेको छ साराले ।
कोरोना महामारीका कारण गरिएको निशेधाज्ञामा पनि होम डेलिभरीको सुविधा प्रदान गरिरहेकोे संचालक सारदा अधिकारीले जानकारी दिइन् । लकडाउन र कोरोना महामारीका कारण बाहिर सामान किन्ने अवस्था नहुदा अनलाइन सपिङ राम्रो माध्यम बनेको उनको भनाइ छ । बिशेषगरि निशेधाज्ञा कै बिचमा भएका विभिन्न समाहरोहमा अनलाइन सपिङले धेरै सहज बनाएको उनले बताइन् ।


ग्राहकको अर्डर अनुसारको सामान डेलिभरी गर्दै आइरहेको साराकलेक्सनमा ‘अनलाइन मार्फत सामान अर्डर गर्ने ग्राहकको संख्या बढिरहेको छ उनले बताइन् । निषेधाज्ञा केही खुकुलो भएर चहलपहल शुरु भएपछि अनलाइन सपिङ गर्नेको संख्या धेरे रहने उनको विश्वास छ । पसल पसलमा गएर सामान छान्ने समय नहुने व्यस्त महिलाको लागि अनलाइन अर्डर तथा डेलिभरी धेरै प्रभावकारी रहेको उनको अनुभव छ ।
‘स्तरीय तथा उत्कृष्ट सामान डेलिभरी गरेकै कारण ग्राहकको मन जित्न सफल भएका छौं,’ उनले भनिन् । अनलाइनमार्फत नै सामान हेरेर अर्डर गर्न पाइने हुँदा यसले समयको बचत गराएको छ ।
भारतबाट सामान ल्याएर बिक्री गर्छिन् अधिकारी । अनलाइनसँगै पसलबाट सिधै आउने ग्राहकलाई होलसेल तथा रिटेलमा पनि सामान बिक्री गर्दै आइरहेको उनले जानकारी दिइन् । ‘ग्राहकको रोजाइ अनुसारका कपडा उपलब्ध गराउन सफल छौं,’ उनले भनिन् ।






Comments are closed.