चरकमा क्याथ ल्याब सेवा सुरु, अब मुटु सम्बन्धी सम्पूर्ण उपचार पोखरामा

पोखरा । निजी क्षेत्रको लगानीमा पोखराको नागढुंगामा सञ्चालित चरक मेमोरियल हस्पिटलले आइतबारबाट क्याथ ल्याब सेवा सुरु गरेको छ । क्याथ ल्याब सुरु भएसँगै हस्पिटलले मुटु सम्बन्धी सम्पूर्ण उपचार सेवा प्रदान गर्न सुरु गरेको वरिष्ठ फिजिसियन तथा अध्यक्ष डा. बद्री पौडेलले आर्थिक आवाजलाई जानकारी दिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. एस.के. जैशवाल लगायतको टिमले क्याथ ल्याबबाट उपचार सेवा गर्नेछन् । मुटुको भिडियो (इको), मुटुका विभिन्न जाँचहरु टिएमटी, होल्टर, एबिपी,  एनजिओ ग्राफी (मुटुको रक्त नलीका जाँच), एनजिओ प्लाष्टी (रक्त नली खोल्ने प्रविधि), पेस मेकर (मुटु भित्र ब्याट्रि राख्ने), मुटु भित्रको पानी निकाल्ने लगायतका मुटु रोगसम्बन्धी उपचार सेवाहरु क्याथ ल्याबबाट प्रदान हुनेछ ।

मुटु ढुकढुक हुने, छाति दुख्ने, शास फेर्न अप्ठ्यारो हुने, खुट्टा सुनिने, चक्कर लाग्ने, बेहोस् हुने जस्ता समस्या भएमा हस्पिटलमा आएर परामर्श लिन तथा उपचार सेवा लिन हस्पिटलले आग्रह गरेको छ ।  हस्पिटलले अर्को वर्ष बाइपास सर्जरी सेवासमेत सुरु गर्ने तयारी गरेको छ । हस्पिटलले क्याथ ल्याबमा मात्रै १० करोड रुपैयाँ बराबरको लगानी थप गरेको छ ।

footwear zone

त्यसैगरी हस्पिटलमा वरिष्ठ हाडजोर्नी मेरुदण्ड विशेषज्ञ डा. दीपक महर्जनद्वारा ढाड सम्बन्धी, नशा सम्बन्धी, नशा च्यापिएर हात खुट्टा लुलो हुने लगायतको उपचार सेवा पनि हस्पिटलले प्रदान गरिरहेको व्यवस्थापक प्रदीप शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.