कोरोनाका कारण छाक टार्न मुस्किल परिवारलाई खाद्यान्न

डोटी । कोरोना कहरका कारण दैनिक छाक टार्नसमेत मुस्किलमा परेका जिल्लाको शिखर नगरपालिकामा रहेका ११ विपन्न परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ ।

कोरोना महामारीले पारेको असर र लामो समयसम्मको निषेधाज्ञाका कारण गरिखाने परिवारलाई साँझ बिहानको छाक टार्नसमेत धौधौ परेपछि मेची–महाकाली बुहारी संयुक्त आवाज तथा एस नामक संस्थाका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाको संयुक्त सहयोगमा खाद्यान्न वितरण गरिएको हो ।

नगरपालिकामा रहेका महिला, अपाङ्गता भएका, वृद्ध तथा दलित परिवारका महिलालाई चामल, दाल, नुन, तेललगायतका सामग्री वितरण गरिएको मेची–महाकाली बुहारी संयुक्त आवाज डोटी शाखाका संयोजक देवी खड्काले जानकारी दिइन् ।

footwear zone

उनका अनुसार ११ परिवारलाई रु १७ हजार ५०० का दरले रु एक लाख ९२ हजार ५०० बराबरको खाद्यान्न सामग्री वितरण गरिएको छ । खाद्यान्न राहत पाएपछि अहिले नगरभित्रका विपन्न परिवार निकै खुशी हुनुका साथै उनीहरुका घरमा भात पाक्ने अवस्था आएको शिखर–११ का कलापती दमाईले बताइन् ।

You might also like

Comments are closed.