‘हुन्डाई नयाँ वर्ष २०७८ योजना’ असार ३१ गतेसम्म थप

काठमाडौं । हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँँ वर्ष योजना “ यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” आषाढ ३१ गते सम्म विस्तार गरिएको छ । पहिले यस योजनाको अवधि २०७७ चैत १९ देखि २०७८ बैशाख १७ सम्म रहेको थियो कोभिड महामारी र निषेधाज्ञाका कारण यस योजना स्थागित भएको थियो । ग्राहकलाई मध्यनजर राखि यस योजना असार ८ गतेदेखि ३१ गतेसम्म पुनः सुचारु गरिएको छ ।

यस योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । योजना अन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत ७८ हजार रुपैयाँ सम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, १ लाख रुपैयाँ सम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा रहेका छन् । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

हुन्डाई नेपालले सबै शोरुमहरु तथा सर्भिस सेन्टरहरु कोभिड-१९ को सुरक्षा प्रोटोकल पालना गरी सन्चालन गरिनेछ । हुन्डाई नेपाल आफ्ना ग्राहकहरुलाई उत्तम सेवा र सुविधा प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ।

footwear zone

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

You might also like

Comments are closed.