नेपाल टोस्टमास्टर्सले मनायो एनुअल एक्स्ट्राभ्यागेन्जा भर्चुअल साइटेसन

काठमाडौं । नेपालमा टोस्टमास्टर्सको गतिविधी बढ्दो प्रवृतिमा छ जसले पब्लिक स्पिकिंग र लिडरसिप स्किल्स सिक्नको लागि एक सुरक्षित र सहयोगी वातावरणको सिर्जना गरेको छ । करीब ३ सय सदस्यहरुको साथमा टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ को हिस्सा रहेको नेपाल (www.toastmastersnepal.org), ले मंगलबार एनुअल एक्स्ट्राभ्यागेन्जा भर्चुअल साइटेसन मनाएको छ ।

भी साइटेसनको दौरानमा, डिभिजन डिरेक्टरहरुले आफ्नो उपलब्धिहरु प्रस्तुत गरे र टोस्टमास्टर अफ द एर अवार्डले निल पाण्डे(डिभिजन ए), सुभरथ पौडेल(डिभिजन एन)र कुमार थापा(डिभिजन ओ) लाई सम्मानित गरे । विगत दुई वर्षदेखि डिस्ट्रिक्ट प्रतियोगितामा विजय भएका नेपालका टोस्टमास्टर्सहरुलाई पनि सम्मानित गरियो ।
असिरा खनाल, टेबल टपिक्स स्पिच कन्टेस्ट(२०१९–२०)
प्रिया चाँपागाई, इभ्यालुएसन स्पिच कन्टेस्ट(२०१९–२०)
अल्फा मैया शाक्य, इन्टरनेशनल स्पिच कन्टेस्ट(२०१९–२०)
प्रिया चाँपागाई, टेबल टपिक्स कन्टेस्ट (२०२०–२१)
श्रेया घिमिरे, इभ्यालुएसन स्पिच कन्टेस्ट(२०२ं०–२१)
प्रिया चाँपागाई, उप–विजेता, इन्टरनेशनल स्पिच कन्टेस्ट(२०१९–२०)

कार्यक्रमको रमाइलोे विषय भनेको ह्यूमर च्यालेन्ज थियो जहाँ प्रत्येक डिभिजनका एक जना प्रतियोगी थिए । प्रशान्त पौडेल(डिभिजन ए), प्रज्जवल शायमी(डिभिजन एन) र देवना सिंग थापा (डिभिजन ओ)ले उपस्थितिहरुलाई निकै नै रमाइलो प्रस्तुती दिए । अर्को सेग्मेन्ट “हिडन ट्यालेन्ट अफ नेपाल” मा ३ डिभिजनका प्रतियोगी मन्डाकिनी के.सी.(डिभिजन ए), साकार हाँडा(डिभिजन ओ) र प्रवीन श्रेष्ठ(डिभिजन ओ)ले सहभागी जनाए जसमा प्रज्जवल शायमी ह््युमर सेग्मेन्टमा विजय भए भने शाकार हाँडा हिडन ट्यालेन्ट अफ नेपाल सेग्मेन्टमा विजय भए ।

footwear zone

डिस्ट्रिक्ट ४१ का पीक्युडी रञ्जित आचार्यले भने, “जिल्ला निर्देर्शकको रुपमा आगामी कार्यकालको लागि निर्वाचित भएर विश्वकै सबै भन्दा ठूलो जिल्लालाई नेतृत्व गर्न पाउँदा म अत्यन्तै हर्षित छु । नेपालका टोस्मास्टर्सले थप दुई जिल्ला टोर्ली सामिल गर्दै प्रभावशाली नेतृत्वको उदाहरण बनेका छन् ।” साइटेसन, वार्षिक गालाले सबै सदस्यहरुलाई एकिकृत गरी उनिहरुको विकास प्रतिको प्रतिबद्धता अझै मजबुत पार्दछ ।

दुई घण्टाको भर्चुअल इभेन्ट ३ डिभिजनका तर्फबाट कन्ट्री पि.आर द्वारा आयोजित गरिएको थियो । सम्पूर्ण समुदायहरुलाई एकसाथ ल्याउन र व्यक्तिगत हिसाबले वा सामूहिक रुपमा एक टिमको हिसाबले उपलब्धिहरु मनाउने र सुधारहरु बारे छलफल गर्ने यस कार्यक्रमको मूल लक्ष्य थियो । नेपालको टोस्टमास्टर्सको संयोजकको रुपमा रिमाक्र्ड भएका सुमन शाक्य ले भने, “धेरै व्यक्तिहरु अझ राम्रो वक्ता र नेता बन्न सशक्त भएको हुँदा सन् २०२४ सम्ममा नेपालमा १०० वटा क्लबहरु खोल्ने र यसलाई डिस्ट्रिक्टको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य जारी छ ।”

You might also like

Comments are closed.