काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्त

तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य ५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ रहेको छ ।




Comments are closed.