अनिकाल लागेको रोराङमा पहिलो पटक सहयोग

काठमाडौं । बेनिघाट रोराङ गाउँपालिका–६, ८ र २ का अधिकांश गाउँमा अहिले अनिकाल लागेको छ । खोरिया खनेर उत्पादन गरेको अन्नपातले दक्षिणी भेगको महाभारत पर्वत शृङ्खला आसपासका स्थानीयलाई मुश्किलले पाँच महिना खान पुग्छ । बाँकी महिना उनीहरूले अभाव र भोकसँग जुध्दै आइरहेका छन् ।

यस क्षेत्रका अधिकांश परिवारले पेटभरि खान पाउँदैनन् । घरमा अन्नपात सकिएदेखि नै टाँकीको मुन्टा, काँचो आँप, आरु खाएर जीवनसँग संघर्ष गरिएका समाचार प्रकाशित भएपछि सहयोगी महिला जागरण मञ्चको टोलीसँगै लायन्स क्लब अफ काठमाडौं युनाईटेड सेन्ट्रलले पनि खाद्यान्नसहित लत्ताकपडाको समेत सहयोग उपलब्ध गराएको छ भने यातायात सहयोगको सुविधा अटो नेपाल, पत्रिकाले गरेको थियो ।

घरमा खानेकुरा नभएपछि टाँकीको मुन्टा र गिट्ठा खाएर जीवनसँग संघर्ष गरिरहेका बस्तीमा खाद्यान्न वितरण गर्न सहयोगी महिला जागरण मञ्चको टोली गाउँमै पुगेको हो । २० जना सहयोगीहरूबाट संकलित रकमले खाद्यान्न लिएर गाउँ पुगेको जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले बताईन् ।

footwear zone

धादिङ मलेखुबाट २५ किमी पश्चिम स्थानमा रहेको निकैं विकट क्षेत्र लाइपुरका चेपाङ बस्तिका वासिन्दाको मुहारमा खुशियाली छाएको छ । महिनौंदेखि पेटभरि खान नपाएको बस्तीमा खुशीयाली छाएको हो, विभिन्न सहयोगी दाताहरूबाट प्राप्त लत्ताकपडा विपन्न परिवारका सदस्यहरूलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष तथा अटो नेपाल, पत्रिकाका डाईरेक्टर रोशन कुमार श्रेष्ठले बताए ।

चामल पाउँदा बाँसखोलाका फूलमती तामाङको झनै आँखाबाट खुशीको आँसु रोकिएको छैन । ‘एक हलको मेलो बारी छ,त्यसमा फलेको मकै पोलेर खान मात्रै ठिक्क हुन्छ’ ७६ वर्षिया फूलमतीले आँसु झाँर्दै भनिन्, ‘एक्लै बस्छु, एक धोक्रो चामलले त मलाई दशैंसम्म नै पुग्छ होला ।’ छोरा छुट्टिएर आफ्नै सुर गरेपछि अहिले आफू एक्लै परेको गुनासो छ उनको ।

निषेधाज्ञाका कारण दैनिक ज्यालादारीको काम पनि रोकिएको छ । बारीको उब्जनी समेत सकिएको र काम गर्न नपाएका कारण विकट भेगका स्थानीय चेपाङ र अन्य जातिका सर्वसाधारण भोकभोकै परेका हुन् ।

धादिङमा केही दिनअघि खाद्यान्न अभाव भएको स्थानमा सहयोगी महिला जागरण मञ्चको समन्वयमा दाताहरूबाट प्राप्त एक लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न पहिलो पटक स्थानीयलाई वितरण गरिएको वडा अध्यक्ष टंक थापाले जानकारी दिए ।

घरमा अन्नपात सकिएर भोकमरीसँग पौठेजोरी खेल्दै जीवन धानिरहेका विकट बस्तीमा मंगलबार दाताहरूले खाद्यान्न पुर्याएका हुन् । धादिङको दक्षिणी भेगमा पर्ने बेनिघाट रोराङ–२, को लाइपुर, खर्च, पान्चलिङ, भल्टार, थरीगाउँ र बासखोलाका विपन्न ६५ घर परिवारलाई प्रतिघर १ बोरा चामलसहित दाल, तेल, नून, चिनी, साबुनहरु प्रदान गरिएको छ ।

You might also like

Comments are closed.