ग्लोबल आइएमई लघुवित्तद्वारा ग्राहक सदस्यलाई करिव ३२ लाख नगद सहयोग

 

काठमाडौं । ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्था लि.ले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यलाई कुल रकम ३१ लाख ६३ हजार ४ सय ५० रुपैयाँ सहयोग गरेको छ ।

जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरो बाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार रुपैयाँ र कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम २६ लाख ४४ हजार ४ सय ५० रुपैयाँ सहयोग वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए । संस्थाले विगतमा पनि यस किसिमका सामाजिक कामहरुमा निरन्तर सहयोग गर्दै आइरहेको छ भने आगामि दिनमा समेत निरन्तरता दिइने बताएको छ ।

footwear zone

संस्थाले १०२ वटा शाखा कार्यालयहरु मार्फत १ लाख २५ हजार ३ सय ८४ सदस्यहरुलाई सेवा दिदै आईरहेको छ । यसै गरी ६५ हजार ४ सय ३९ जना ऋणी सदस्यहरुलाई करिब ६ अर्ब १५ कर्जा लगानि गरेको छ भने २ अर्ब ६ करोड बचत सकंलन गरेको छ ।

You might also like

Comments are closed.