‘अर्बन बजार नमुना डिजिटल बजारको परिकल्पना हो’

तिलक लामिछाने, अध्यक्ष, अर्बन बजार प्रा.लि.

पोखरा । नमुना डिजिटल बजारको परिकल्पना गर्दै पोखराका युवा व्यवसायीहरुको लगानीमा अर्बन बजार प्रा.लि. सञ्चालनमा आउँदैछ । बजारको औपचारिक सुरुवात असार १२ गते शनिबार हुँदैछ । किसान र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याएको अध्यक्ष तिलक लामिछानेले आर्थिक आवाजलाई बताए ।

अर्बन बजार प्रा.लि. कस्तो कम्पनी हो ? हामीले अध्यक्ष लामाछानेलाई सोधेका छौंः

परम्परागत व्यवसाय भन्दा माथि उठेर आधुनिक र प्रविधिमैत्री व्यवसायमार्फत किसानका उत्पादनको प्रवद्र्धन गर्न र उत्पादित बस्तु उपभोक्ताहरु माझ सिधै पुर्याउने उद्देश्यले हामीले अर्बन बजारको कल्पना गरेका हौं । तरकारी, फलफूल, खाद्यान्न, पशुजन्य उत्पादन, पशु आहार, कृषि औजार, विउ बिजनलाई किसानबाट सिधै उपभोक्तासम्म हामीले पुर्याउनेछौं । किसानलाई आवश्यक पर्ने कृषि औजारलाई पनि हामीले किसानको घरखेतसम्म नै उपलब्ध गराउनेछौं । किसानले उत्पादन गर्ने सम्पूर्ण सामान अब घरमै बसी अर्वन बजारमार्फत अनलाइन अर्डर गर्न सक्ने प्लेटफर्म हामीले तयार पारेका छौं ।

footwear zone

अर्ब बजार किसान र उपभोक्ताको साझा संस्था हो । कृषि बजारको आधुनिकीरकणका लागि अर्बन बजारलाई डिजिटल हाट बजारको रुपमा विकास गर्न गइरहेका छौं । खेतदेखि भान्छासम्म आवश्यक पर्ने सम्पूर्ण कृषि उत्पादन कृषि औजारहरु बजारमा उपलब्ध छन् । नमुना डिजिटल बजारको परिकल्पना गर्दै सुरु भएको यो अर्बन बजारलाई अहिले हामी पोखरा तथा आसपासका क्षेत्रबाट सुरु गरेका छौं । आगामी दिनमा अन्य ठाउँमा पनि सेवा विस्तार गर्दै अगाडि बढ्ने हाम्रो सोच छ । स्वदेशी कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारसम्म पुर्याउनेछौं ।

किसानका जुनसुकै उत्पादनलाई ग्रेडिङ तथा प्याकिङ गरी मूल्य र उपभोग्य मिति सहितको लेबर टाँसेर बजार पठाउँछौं । अर्गानिक तथा नन अर्गानिक गरी तरकारी तथा फलपूmलको ग्रेडिङ गर्ने र गुणस्तरमा कुनै पनि सम्झौता गर्नेछैनौं ।

कम्पनीमा उपलब्ध हुने कृषि उत्पादनहरु तरकारीदेखि फलपूmल, दुधजनय उत्पादन, स्थानीय उत्पादन, (गुन्द्रुक, मस्यौरा, गाभा, अचार, तामा तथा सुकाएका तरकारीहरु, मासुजन्य आदि उत्पादनहरु), कृषि औजारहरु, पशु आहारहरु, बिउ बिजन, बेर्ना लगायतका बस्तु तथा उत्पादन अर्बन बजारको वेवसाइट www.urbanbazaar.com.np तथा मोबाइल एप डाउनलोड गरी अर्डर गर्न सकिनेछ । टेलिफोनबाट पनि अर्डर गर्न सकिनेछ ।

सामान डेलिभरी गर्ने समय, पारदर्शिता, स्वास्थ्य सुरक्षा तथा सेवा एवं गुणस्तरमा गम्भिर छौं । यो डिजिटल युग हो । अब भान्सामै बसेर अर्डर गर्न सक्नुहुन्छ र ग्राहकले चाहेको सामान भान्सामै पु¥याउने काम अर्बन बजारले गर्नेछ । कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सामान डेलिभरी गरिने प्रतिबद्धता गर्न चाहन्छु ।

You might also like

Comments are closed.