काठमाडौैं । मोटरहेड ब्राण्डको मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले प्रि बजेट अफर ल्याएको छ । निशेधाज्ञा खुकुलो भएसँगै कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै अफर ल्याएको हो ।
उक्त अफर अन्तर्गत मोटरहेड ब्राण्डको मोटरसाइकल नगदमा खरिद गर्दा ग्राहकले १० हजार रुपैयाँ र फाइनान्समा खरिद गर्दा ७ हजार रुपैयाँ छुट पाउनेछन् । एक्स्चेन्ज गर्दा बजार मूल्य भन्दा थप १५ हजार रुपैयाँ मुल्यांकन गरिने कम्पनीले जनाएको छ । नगद र फाइनान्समा बाइक खरिद गर्दा ग्राहकले आगामी आर्थिक वर्षको कर छुटको सुविधा समेत पाउनेछन् ।
मोटरहेड ब्राण्ड खरिद गर्ने ग्राहकलाई कम्पनीले कोभिड केयर गिफ्टसमेत उपलब्ध गराउनेछ । असार १३ गतेबाट लागु यो अफर असार ३१ गतेसम्म लागु हुने प्रा.लि.का जनरल म्यानेजर उज्वल जोशीले जानकारी दिए ।

‘अफरबाट मोटरहेडका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुनेमा हामी विश्वस्त छौं,’ जोशीले भने । यो अफर मोटरहेडका देशभर रहेका डिलरहरुमा लागु हुनेछ । मोटरहेडका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको जोशीले बताए । ‘राम्रो ब्राण्डका बाइकहरु तुलनात्मक रुपमा सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध गराउन कम्पनी सफल छ,’ उनले भने ।
हाल नेपाली बजारमा मोटरहेडका स्क्र्याम्बलर २५०, एमएच २००, टेक्कन २५०, स्पोर्ट्स अफरोड टायर, स्पोर्ट्स रोड टायर, एक्सटर्क र एमएच १५० आर छन् ।





Comments are closed.