प्रहरी बिट मर्मतमा जुट्यो हाम्रो परिवर्तन नेपाल

पोखरा । हाम्रो परिवर्तन नेपालको अगुवाईमा जिर्ण अवस्थामा रहेको प्रहरी विट मर्मत सम्भार शुरु भएको छ । गण्डकी हस्पिटल अगाडी रहेको पुलिस बिट मर्मतमा हाम्रो परिवर्तन नेपाल जुटेको हो ।

स्थानीय तह लगायत विभिन्न सम्वन्धित निकायलाई जानकारी गराउदा मर्मतको कुनै पहल नभएका ढलान खस्न लागेकोे र बर्खामा पानी चुहिदाँ समस्या भएको बताइएको छ । शान्ती सुरक्षामा खटिने प्रहरीको स्वास्थ्यको संरक्षण गर्नुका लागि यसको मर्मत गर्न लागिएको संस्थाका सचिव हरि कार्कीले जानकारी दिए । यस अभियानमा गण्डकी अस्पताल आसपास, अस्पताल प्रशानसन तथा सहयोग गर्न चाहने व्यक्तीहरु सँग सहयोग मागेर छिट्टै काम समपन्न गरिने संस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना महामारी र निशेधाज्ञाकाबीच परिवर्तन नेपालले विभिन्न सामाजिक काम गर्दै आइरहेको छ । स्वाव संकलन तथा खाद्यान्न वितरण सँगै होम आइसोलेसनमा बसेका विपन्न परिवारका कोरोना संक्रमितलाई निःशुल्क औषधी वितरण पनि संस्थाले गरिरहेको छ ।
कार्यक्रममा सहकार्य गर्न चाहने संघ संस्था, व्यवसायी, तथा व्यक्तीमा सम्पर्कको लागि संस्थाले अपिल गरेको छ भने सहयोग गर्नेलाई आभार व्यक्त गरेको छ ।

footwear zone

संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी, प्राध्यापक एवं शैक्षिक व्यक्तित्व, इन्जिनियर, व्यवसायी, पर्यटन, कृषि लगायतका क्षेत्रमा आवद्ध व्यक्ति छन् । आवश्यकता अनुसार संस्थाले रचनात्मक तथा सृजनात्मक काम गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.