महिलालाई आत्मनिर्भर बनाइँदै

खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रम अघि बढाएपछि स्थानीय महिलाको सशक्तीकरण भएको छ । गाउँमा रोजगारी सिर्जना गर्ने अवसर प्रदान गरेको भन्दै गाउँपालिकाको महिला तथा बालबालिका शाखाले यहाँका महिलालाई पहिलोपटक ९० दिने ढाका बुनाइ तालीम सञ्चालन गरेको हो ।

महिलाको रोजगारी सिर्जना गर्ने कार्यमा सो तालीमले निकै ठूलो मद्धत पु¥याउने गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताइन् । उनले भनिन्, “तालीमले महिलालाई स्वरोजगार सिर्जना गर्नेछ । आयआर्जनका क्रियाकलापमा सहभागी हुनका लागि उत्साह भर्ने छ ।”

गाउँपालिकामा स्वरोजगार तथा आयआर्जनका लागि सीप विकास गर्ने लक्ष्यका साथ महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रमको थालनी भएको महिला तथा बालबालिका शाखा संयोजक भगवती गिरीले बताइन् ।

footwear zone

गाउँपालिकाभित्रका महिला सहकारी संस्था, हरेक वडाका महिलाको लागि सीप विकासमार्फत आयआर्जन वृद्धि गरी आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने, सीप विकास गरेर आत्मनिर्भर बनाउने, आयअर्जनमा वृद्धि गरी व्यावसायिक महिला सशक्तीकरणमा सहयोग पु¥याउने लक्ष्य रहेको उनको भनाइ छ ।

You might also like

Comments are closed.