पोखरा । विभिन्न सचेतनामुलक, सृजनात्मक तथा विकाससंग सम्वन्धित काम गर्दै आइरहेको हाम्रो परिवर्तन नेपालले मानवसेवा आश्रममा औषधी सहयोग गरेको छ । मंगलबार करिव ९५ हजार रुपैयाँ बराबरको औषधी सहयोग गरेको संस्थाका सचिव हरि कार्कीले जानकारी दिए ।
संस्थाले स्वाव संकलन र खाद्यान्न वितरण पनि गरिरहेको छ । हाल सम्म करिव ६ हजार भन्दा धेरैको निशुल्क स्वाव संकलन गरिसकेको र ५ सय भन्दा धेरै परिवारलाई खाद्यान्य सहयोग गरेको संस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।
निरन्तर सेवा एवं समाज रुपान्तरणमा लाग्ने संस्था हाम्रे परिवर्तन नेपालले विदेशमा पनि विभिन्न विभाग खडा गरेको र सोही अनूरुप चिनमा रहेका सदस्यको सक्रियातामा औषधी विबरण गरिएको बताईएको छ ।

संस्थाका विभिन्न कार्यक्रममा सहकार्य गर्न चाहने संघ संस्था, व्यवसायी, तथा व्यक्तीमा सम्पर्कको लागि संस्थाले अपिल गरेको छ भने सहयोग गर्नेलाई आभार व्यक्त गरेको छ ।
डाक्टर तथा स्वास्थ्यकर्मी, प्राध्यापक एवं शैक्षिक व्यक्तित्व, इन्जिनियर, व्यवसायी, पर्यटन, कृषि लगायतका क्षेत्रमा आवद्ध व्यक्ति छन् । आवश्यकता अनुसार संस्थाले रचनात्मक तथा सृजनात्मक काम गर्दै आईरहेको छ ।




Comments are closed.