२१ गतेसम्मका निषेधाज्ञा थप

मकवानपुर । मकवानपुर जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै पुनः यही असार २१ गते राति १२ बजे सम्मका लागि लम्ब्याइएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेकाले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

प्रशासनअनुसार निजी सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ भने सार्वजनिक यातायात बन्द रहने छ । थप गरिएको निषेधाज्ञामा प्रेस, फोटो स्टुडियो, फोटोकपी सेन्टर बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

कस्मेटिक पसल र सुनचाँदी पसल पनि जुत्ता चप्पल, फर्निचर पसलसरह मध्याह्न १२ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको छ । अन्य व्यवसाय भने अघिल्लो पटकको निर्णयबमोजिम नै कायम गरिएको छ ।

footwear zone

पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमणको दर घट्दै गएको भए पनि जोखिम यथावत नै रहेकाले असार १४ गतेसम्म जारी गरिएको निषेधाज्ञा थप सात दिन थप्ने निर्णय भएको जिप्रका मकवानपुरले जनाएको छ ।

You might also like

Comments are closed.