काठमाडौं । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोे र सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त उद्द्दाटन गरेका हुन् । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाखा सगैँ सिरहा जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेका छन् ।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३२६ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।






Comments are closed.