अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

सिन्धुपाल्चोक ।

चौतारा–साँगाचोकगढी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान गरेको छ । अन्तरजातीय विवाह गरेका चौतारा साँगाचोकगढी नगरपालिका–९ का युनिक विक पोखरेल र राधिका गिरी, वडा नं. ५ का कृष्ण विक र शर्मिला नेपालीलाई नगद पाँच÷पाँच हजारसहित नगरप्रमुख अमानसिं तामाङले सम्मान गरेका हुन् ।

नगरस्तरीय दलित समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा दलित समुदायबाट शहिद हुने गोरेबहादुर पुर्कोटी, मोहन विक र निरबहादुर विकको परिवारलाई पनि पाँच÷पाँच हजारसहित सम्मान गरिएको थियो ।

footwear zone

You might also like

Comments are closed.