चुरे क्षेत्रमा जथाभावी उत्खनन नगर्न माग

 

मध्यपुरथिमि । भक्तपुर नगरपालिकाका चालु १० औँ नगरसभामा चुरे क्षेत्रमा जथाभावी भइरहेको उत्खनन् तथा अवैध रुपमा खुलेका क्रसर उद्योगको विरोधमा प्रस्ताव पारित गर्न माग गरिएको छ ।

नगरका प्रमुख सुनिल प्रजापतिले वातावरणीय संरक्षणका लागि उक्त प्रस्ताव आएको बताए । यस्तै विद्यालयलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भू–भाग भएको जानकारी नक्साको विषयमा नयाँ पुस्तालाई पठनपाठन गराउनुपर्ने माग पनि गरिएको छ । बैठकको विशेष समयमा सभासदले नगरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, खानेपानीलगायतका स्थानीय समस्याबारेमा धारणा राखेका थिए ।

footwear zone

सभामा नगर प्रहरी नियुक्ति गरी परिचालन गर्नुपर्ने, समय समयमा नगरका सडक बत्ती मर्मत गर्नुपर्ने, इन्द्रायणी पीठ अगाडिको ढुंगेधाराको निकास खोल्नुपर्ने, नपाद्वारा सञ्चालित कलेजमा सामाजिक ल्याबको व्यवस्था गर्नुपर्ने, वर्षाको समयमा हुने डुबान र सम्भावित जोखिम न्युनीकरणको लागि आवश्यक पहल गर्नुपर्नेको सुझाव दिइएको छ ।
रासस

You might also like

Comments are closed.