पदयात्राका बिपन्न मजदुरलाई राहत वितरण

पोखरा । विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ का कारण नेपालको पर्यटनको पनि अति प्रभाबित पदयात्रा क्षेत्र नराम्ररी प्रभाबित भै पदयात्रामा आश्रीत श्रमजिवी मजदुरहरु रोजगारविहिन बनेका छन् ।

पर्यटकिय सिजनहरुमा पर्यटकको भारि बोकि उच्च हिमाली क्षेत्रहरुमा पदयात्रा सहयोगीको रुपमा काम गरेर जिवीकोपार्जन गर्ने गरेका मजदुरहरु पर्यटनको शुन्य गतिबिधी संगै एकातिर कोरोनाको भयाबह स्थिती र संक्रमणको त्रास, अर्कोतिर निशेधाज्ञाको कारण घर बाहिर निस्कन नसकिने अवस्थामा रहेका छन् । अत्यन्त बिपन्न बर्गका पदयात्रा मजदुरहरुलाई लक्षीत गरि राहत वितरण गरिएको छ ।

७७ जना ट्रेकिंङ सहयोगी मजदुरलाई प्रति मजदुर ५ हजार रुपैयाँ प्रदान गरिउको टानका अध्यक्ष सुशिलराज पौडेलले जानकारी दिए । टान पोखराको आयोजना, टान केन्द्रका अध्यक्ष खुम बहादुर सुबेदीको समन्वय र हङकङ स्थित “मिक्स एन्ड म्याच“ कम्युनिटी (अध्यक्ष, श्री दिननाथ बगाले) को आर्थिक सहयोगमा यो राहत बितरण बितरण कार्यक्रम सम्पन्न गरियो ।

footwear zone

विभिन्न जिल्लाबाट आएर पोखरालाई कर्मथलो बनाई परिवारको साथ घरभाडामा बसिरहेका पदयात्रा मजदुरहरु को लागी यो तत्कालको अत्यावस्यक राहत मात्र हो । बिषम परिस्थितीमा रहेका श्रमजीबीका परिवारलाई तत्कालको आवस्यकता पुर्तिका लागी राहत वितरण गरि खुसी ल्याउन पाउनु सुखद क्षण रहेको र नेपालका पदयात्रा पर्यटनका श्रमीकहरुले राहत मागेर खान पर्ने अवस्था आईपर्नु अत्यन्त मार्मिक र पिडादायी बनेको पौडेलले बताए ।

पदयात्रा पर्यटनले गति लिएर लयमा नफर्कदासम्मको लागी श्रमीकहरुको लागी अल्पकालिन र दिर्घकालिन रोजगार सृजनाका कार्यक्रमहरु ल्याएर यथाशिघ्र कार्यान्वयन गराई मजदुरहरुको समस्या समाधान गर्नका लागी नेपाल सरकार, प्रदेश सरकार र सम्बन्धित निकायहरुको टानले गम्भीर ध्यानाकर्षण गराएको छ ।

You might also like

Comments are closed.