जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

कञ्चनपुर ।

जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी पुर्नवास नगरपालिका–८ का हर्कबहादुर धामीलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।

कञ्चनपुर जिल्ला अदालतको विसं २०५४ चैत २० गतेको फैसलाले १५ दिन कैद भई धामी फरार रहेका थिए । पक्राउ परेका धामीलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

footwear zone

यसैगरी बेचबिखन मुद्दामा रु ५० हजार जरिवाना भई लगतमा बसेका भीमदत्त नगरपालिका–१८ का यादव पाण्डेय, जालसाँज मुद्दामा रु ३७ हजार ५०० जरिवाना भई लगत भई बसेका कृष्णपुर नगरपालिका–४ का चन्द्रबहादुर साउद र सार्वजनिक मुद्दामा रु ३०० जरिवाना भई लगत बसेका बैतडी हटैराज गाउँपालिका–४ का लक्ष्मी चन्दलाई अदालतमा उपस्थित गराई असुलउपर गरिएको छ ।

You might also like

Comments are closed.