काठमाडौं । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ को लायन वर्ष २०२१/२२ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले पदभार ग्रहण गरेका छन् । बिहीबार लायन्स डिष्ट्रिक्ट सचिवालय काठमाडौंमा आयोजित एक समारोहमा गभर्नर आचार्यले पदभार ग्रहण गरेका हुन् । लायन वर्ष २०२०–२१ का गभर्नर लायन मान बहादुर रोक्काले वर्ष २०२१–२२ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर आचार्यलाई पदिय दायित्व हस्तान्तरण गरेका हुन् ।
समारोहमा लायन वर्ष २०२१–२२ का लागि निर्वाचित प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेल, द्धितिय भाइस डिष्ट्रिक्ट गभर्नर मणीश्री रत्न बज्राचार्य, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी दुर्गा प्रसाद हुमागाई र डिष्ट्रिक्ट क्याविनेट ट्रेजरर पृथ्वीराज शर्मा तिमिल्सिनाले आ–आफ्नो पदिय दायित्व ग्रहण गरेका छन् ।
हरेक वर्ष जुलाई १ तारिकबाट लायन्स क्लवको नयाँ कार्यकाल शुरु हुने परम्परा रहेको छ । त्यही अनुसार आजबाट आफ्नो कार्यकाल सम्हालेका डिष्ट्रिक्ट गभर्नर आचार्यले पहिलो दिन नै ७५ वटा नयाँ क्लब चार्टर गरि विश्व कै उत्कृष्ट गभर्नरको रुपमा इतिहास रचेका छन् ।

त्यसै गरि एलसिआइएफमा १८ जनाले १८ हजार डलर योगदान र डिष्ट्रिक्ट गभर्नरको यस वर्षको मुख्य कार्यक्रम लायन्स मोडेल भिलेजका लागि स्थापित लायन्स वेलफेयर बैंकमा ५१ लाख भन्दा बढी रकम पहिलो दिन मै संकलन गर्न सफल भएको बताइएको छ ।
लायन्स क्लबले विभिन्न समाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ र यस वर्ष पनि डिष्ट्रिक्ट गभर्नरले समाजिक सेवाका कार्यहरुका साथ साथै दिगो विकासलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रका १४ वटा पिछडिएका गाँउहरु छनोट गरी त्यो गाँउलाई मोडेल भिलेजका रुपमा स्थापित गर्ने गरि आफ्नो कार्य योजना तयार पारेको डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले बताए । समारोहमा डिष्ट्रिक्टका पिएमसिसि, पिडिजीका साथै अन्य लायन लिडरहरुउपस्थित थिए ।




Comments are closed.