धादिङ । पहिरोले अबरुद्ध पृथ्वीराज मार्गको धादिङ खण्ड सञ्चालनमा आएको छ ।
बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र मौवाखोला क्षेत्र लगायतका स्थानमा बिहिबार बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो ।
सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

निरन्तर वर्षा भइरहेकोले राजमार्गका ठाउँ ठाउँमा पहिरो झर्न क्रम रोकिएको छैन ।




Comments are closed.