खोलाले बगाएर वृद्ध बेपत्ता

दमौली ।

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर शुक्रबार एक वृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।

खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

footwear zone

ती वृद्धको खोजीकार्य भइरहेको उनले बताए ।

 

You might also like

Comments are closed.