फरार प्रतिवादी १० वर्षपछि पक्राउ

 

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत सुर्खेतले २०६८ भदौ २८ गते ज्यान मार्ने उद्योगको मुद्दामा पाँच वर्ष कैदको फैसला सुनाइएका दुल्लु नगरपालिका–६ दैलेख छिउडी पुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार वीरेन्द्रनगर बजारबाट पक्राउ गरी एन्टिजेन परीक्षणपश्चात् सुर्खेत जिल्ला अदालतमा बुझाइएको जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । त्यस्तै जिल्ला अदालत सुर्खेतको २०७६ पुस २ गतेको फैसलाले नौ वर्ष दुई महिना १३ दिन कैदसहित रु २५ हजार जरिवानाको फैसला गरिएका मानव बेचविखन ओसारपसार मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतका ४० वर्षीय भीमप्रसाद न्यौपानेलाई पनि पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी उपरीक्षक विष्टले बताए ।

footwear zone

त्यसैगरी चेक अनादर मुद्दामा अदालतले २०७७ असार १० गते रु ४२ हजार ५०० जरिवाना हुने गरी फैसला सुनाइएका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत कालागाउँका ४६ वर्षीय धर्मराज गिरीलाई समेत पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

You might also like

Comments are closed.