काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अबधिमा १० हजार १३३ जनाको परीक्षण गर्दा दुई हजार ३२८ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी सोही अबधिमा तीन हजार ६६ जना संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोना संक्रमितको कुल सङ्ख्या ६ लाख ४३ हजार ५८० जना र निको हुनेको सङ्ख्या ६ लाख ६ हजार ६६६ पुगेको छ । सोही अबधिमा संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । योसँग मृत्यु हुनेको सङ्ख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जनाएको छ ।




Comments are closed.