निशेधाज्ञा खुकुलो, तर अझै खुल्दैनन् यी व्यवसाय

काठमाडौं । दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै लागु गरिएको निशेधाज्ञा खुकुलो बनाइएको छ । काठमाडौं उपत्यकामा लागु हुने गरी निशेधाज्ञा खुकुलो बनाइए पनि केही व्यवसायमा अझै रोक लगाइएको छ ।

वैशाख १६ देखि बन्द रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाँचघर, क्लब, स्विमिङ पुल सञ्चालनमा अझै रोक लगाइएको छ । सबै प्रकारका सभा तथा सम्मेलन, मनोरञ्जन स्थल, सैलून, व्युटि पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद गतिविधिलाई निशेध गरिएको छ ।

footwear zone

यसैबीच, काठमाडौं उपत्यकामा यातायात सञ्चालन गर्दा लागु गरिएको जोर बिजोर प्रणाली हटेको छ । असार २२ गतेबाट लागु हुने गरी उपत्यकामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ । स्वास्थ्य मापदण्ड पालना गरी सिट क्षमता अनुसार नै गाडीहरु सञ्चालन गर्न सकिनेछ । प्रशासनले निशेधाज्ञा खुकुलो बनाउँदै लगेको छ ।

You might also like

Comments are closed.