गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई माइक्रोवेभ ओभन प्रदान

काठमाडौं ।

गोल्छा ग्रुपले आइतबार टिचिंग अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुलाइ सामसुङको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ ।

गोल्छा गु्रपका निर्देशक शीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरेकी हुन् ।

footwear zone

उक्त कार्यव्रmम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो ।

कार्यव्रmममा गोल्छा ग्रुपका निर्देशक शीमा गोल्छाले भनिन् , “हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको खटिन पर्ने कठिन तथा व्यस्थ समयलाई राहतप्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ । यी निः स्वार्थी र समर्पित स्वास्थ्यकर्मी प्रति कृतज्ञता व्यक्त गर्ने यो अवसर पाउँदा हामी कृतज्ञ छौँ । ”

SAMSUNG CSC
You might also like

Comments are closed.