पोखरा । पोखराको न्युरोडस्थित एस.एण्ड.एस. कम्प्लेक्स र महेन्द्रपुल नोभा कम्प्लेक्सको भाडामा घरभेटीले ५० प्रतिशत छुट दिएका छन् । घरभेटी सुरेन्द्रप्रसाद शेरचन, रमा शेरचन, सुमेश शेरचन, शवी शेरचन र सन्तोष शेरचनले घरभाडामा ५० प्रतिशत छुट दिएका हुन् ।
कोरोना महामारीको दोस्रो चरण सुरु भएर निशेधाज्ञा लागु गरिएको विषम परिस्थितिलाई मध्यनजर गरी घरभाडामा छुट दिइएको घरधनी शवी शेरचनले आर्थिक आवाजलाई जानकारी दिइन् । दुवै घरमा भाडामा बस्ने तथा भाडामा व्यवसाय गर्नेहरुलाई वैशाख १६ देखि असार १६ सम्मको घर भाडामा छुट दिइएको उनले बताइन् ।
अघिल्लो वर्षको लकडाउनमा समेत शेरचन परिवारले दुवै घरमा ३ महिनाको घर भाडामा ५० प्रतिशत छुट दिएर उदाहरण प्रस्तुत गरेको थियो ।

‘कोरोना भाइरसका कारण निशेधाज्ञा लागु भएको र त्यो समयमा व्यापार व्यवसायमा समेत मन्दी आएकाले भाडामा बस्ने तथा व्यवसाय गर्नेहरुलाई राहत होस् भनेर छुट दिने निर्णय गरेका हौं,’ शेरचनले भनिन् ।


a




Comments are closed.