क्यानवेरा । एनआरएनए अष्ट्रेलियाको यही जुलाई ३१ मा हुने निर्वाचनका लागि युवा व्यवसायी सागर पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । पौडेलले एनआरएनए अष्ट्रेलिया एससिसी क्यानवेराको युथ को–अर्डिनेटर पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
पोखराका युवा पौडेल अष्ट्रेलियामा बिगत ७ वर्षदेखि बस्दै आएका छन् । आफ्नो संस्कृतिको प्रवद्र्धन गर्दै एनआरएनएमा युवा नेतृत्व बढाउन आफूले उम्मेदवारी प्रस्तुत गरेको पौडेलले बताए । ‘राम्रो काम गर्ने युवाहरुलाई प्रोत्साहन गर्दै एनआरएनमा युवाहरु बढाउन मेरो सक्रियता रहनेछ,’ उनले भने ।
पौडेलले क्यानवेरामा एडल मेन्टल हेल्थसँग सम्बन्धित रहेर बिगत ६ वर्षदेखि काम गर्दै आएका छन् । क्यानवेराका हरेक सामाजिक गतिविधि तथा कार्यक्रममा सहभागी हुने पौडेल एनआरएनए माझ लोकप्रिय युवामा पर्छन् । दि यात्री इभेन्ट म्यानेजमेन्ट कम्पनी मार्फत नेपाली संस्कृति झल्कने विभिन्न कार्यक्रम गर्दै आएका उनले आगामी दिनमा आफ्नो सक्रियता अझै बढाउने प्रतिबद्धता गरेका छन् ।

‘साझा एनआरएनए सबल एनआरएनए’ भन्ने मूल नारासहित उनी चुनावी अभियानमा अगाडि बढेका छन् । सम्पूर्णका साथ र सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनले बताए । एनआरएनए अष्ट्रेलियाका लागि सन् २०२१ देखि २०२३ सम्मको २ वर्षको कार्यकालका लागि निर्वाचन हुँदैछ ।





Comments are closed.