एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’

आर्थिक आवाज

पोखरा । पोखराको सिद्धार्थचोकमा रहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’ आयोजना गर्ने भएको छ । असोज ८ गते सोमबार एक्स्पर्टकै कार्यालयस्थित हलमा सेमिनार गरिने एक्सपर्टका सञ्चालक रमेश थापाले आर्थिक आवाजलाई जानकारी दिए ।

सेमिनारमा अष्ट्रेलियाका १५ भन्दा धेरै युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागी हुने थापाले बताए । ‘अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेट्ने अवसर पाउनेछन्,’ थापाले भने, ‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सेमिनार निकै उपयोगी हुनेछ ।’

footwear zone

सेमिनारमा अष्ट्रेलियाबाट आएका दक्ष काउन्सिलरहरुले परामर्श प्रदान गर्नेछन् । एक्सपर्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिब शर्मा, मेल्वन डाइरेक्टर सरोज शर्मा, एडिलेडका डाइरेक्टर रुपक बर्तौंला, कन्ट्रि म्यानेजर सरदराज पाठकसँग समेत विद्यार्थीले प्रत्यक्ष भेटेर परामर्श लिने अवसर पाउनेछन् ।

सेमिनारमा पोखरा र आसपासका विद्यार्थी सहभागी हुने थापाले जानकारी दिए । उनले भने, ‘अष्टे«लियाको उच्च शिक्षा सम्बन्धी सम्पूर्ण जानकारी सेमिनारबाट प्रदान गर्नेछौं ।’ भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइने थापाले जानकारी दिए ।

यसैबीच, पोखराका ३८ वटा कलेजका उत्कृष्ट विद्यार्थीलाई एक्स्पर्टले सोही अवसरमा सम्मान गर्ने भएको छ । उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यले नगद, मेडल र प्रमाणपत्रले सम्मान गर्न लागिएको थापाले जानकारी दिए । कलेजले पोखराका ३८ वटा कलेजका विद्यार्थीहरुबीच निवन्ध प्रतियोगिता समेत आयोजना गरेको छ । वैदेशिक अध्ययनको अवसर र चुनौती विषयक प्रतियोगिताको नजिता समेत सेमिनारकै अवसरमा सार्वजनिक गरिने थापाले जानकारी दिए ।

You might also like

Comments are closed.