समस्यामा परेका व्यवसायीलाई सहजीकरण गर्ने सम्बन्धमा छलफल

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड १९ को कारण ठूलो समस्यामा परिरहेका व्यवसायीलाई सहजीकरण गर्ने सम्बन्धमा विभागमा छलफल भएको नाडाले जनाएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले  असाढ २३ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसंग भेटी अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा पनि छलफल गरेकोे नाडाले जनाएको छ ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको बताउदैं सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याबारे छलफल गरे । उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याबारे अवगत गराएका थिए ।

त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै एक्जीम कोडको नविकरण ५ बर्षका लागि नविकरण हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनुपर्ने तथा नयाँ एक्जीम कोड लिदा बैंक ग्यारेण्टी राख्नुपर्ने भए पनि पुराना फर्महरुले बैंक ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागि समेत आग्रह गरे । उक्त छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे । छलफलको अन्तमा विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोवाइलक्षेत्रमा ज्वलन्त रुपमा के के समस्याहरु छन त्यसलाई बुंदागत रुपमा विभागमा पठाउन अनुरोध गरे ।

footwear zone

सो छलफलमा विभागकातर्फबाट विभागका प्रवक्ता शिवराज सेढाई समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेति र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.