काठमाडौं । नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ । नेपाल बंगलादेश बैंक लि., आर एण्ड डि इनोभेटिभ सोलुसन प्रा.लि., मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौ–पक्षिय सम्झौता अनुसार बैंकले कार्ड वितरण गरेको हो ।
मकवानपुरगढीे गाउँपालिकाको अध्यक्ष बिदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरि असार २५ गते शुक्रबारबाट लगानीको शुरुवात गरिएको बैंकले जनाएको छ । पहिलो चरणमा मकवानपुरगढी गाउँपालिका बडा नं ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
योजना अन्र्तगत बिनाधितो, एकैप्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ । कृषकहरुले कर्जाको साथै त्यति नै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरिद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

नगद रहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बंगलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको हो । बैंकले पहिलो चरणमा पाइपट प्रोजेक्टको रुपमा मकवानपुरगढीे गाउँपालिकाबाट शुरु गरी देशभर नै यस किसिमको कर्जा बिस्तारित गर्दै ग्रामीण भेगका कृषकहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ ।
हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा दिंदै आएको छ ।





Comments are closed.