बीमा समूहमा उछाल आउँदा नेप्सेमा हरियाली   

काठमाडौं ।  बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार उच्च अङ्कले वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ ।

जीवन बीमा ४८७.२ र निर्जीवन बीमा ३७८.५३ अङ्कले बढेको छ । यस्तै, विकास बैंक उपसमूह ३५७.५ अङ्कको वृद्धि भएको छ । यी उपसमूहको त्लनामा अरु उपसमूहको शेयरमा उल्लेख्य वृद्धि नभए पनि नेप्से बढाउन सहयोगी देखिएका छन् । नेप्सेका अनुसार वित्त १८१.२६, ले बढ्दा बैंकिङ ४५.१३, व्यापार ३४.८३, जलविद्युत् ७८.५५, उत्पादन ९६.४, अन्य ९.०१, लघुवित्त १३३.५, सामूहिक लगानी कोष ०.१४ र लगानी २.८२ अङ्कले बढेको छ ।

लगातार ओरालो लागेको नेप्से आज भने हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ७४.७१ बिन्दुले बढेर नेप्से दुई हजार ८९९.८२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक १३.१७ अङ्कले बढेर ५४३.४३ मा पुगेको छ ।

footwear zone

कूल २२५ कम्पनीको तीन करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर रु आठ अर्ब छ करोड १३ लाख ८२ हजार ४९६ बराबरको कारोवार भएको छ । आइतबारको कारोवारपछि बजार पूँजीकरण रु ४० खर्ब ३३ अर्ब ७९ करोड ३१ लाख ५० हजार बराबर पुगेको छ ।

कारोवारका आधारमा एनआइसि एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३९ करोड ९६ लाख ११ हहजार ५९५ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक रु २५ करोड ८१ लाख ८२ हजार १४०, नेपाल बैंक रु २४ करोड ४३ लाख ८४ हजार ६००, नेपाल पूर्वाधार बैंक रु १८ करोड ७८ लाख ४५ हजार ६४२ र मञ्जुश्री फाइनान्स रु १७ करोड ६७ लाख ५१ हजार १२५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

गुर्खाज फाइनान्स श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसिएफसी कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । साइन रेसुङा ९.९८, मल्टीप्रर्पोज फाइनान्स ९.९७, समृद्धि फाइनान्स ९.९५, महालक्षमी विकास बैंक ९.९३ र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाए ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ३.७५, ओरियन्टल होटल २.७०, एनबिबिएल डिवेञ्चर १.८५, लक्ष्मी विकास बैंकको ऋणपत्र १.२३ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले १.०८ प्रतिशतले गुमाए ।

You might also like

Comments are closed.