नवनियुक्त प्रधानमन्त्री देउवाको पद तथा गोपनियताको शपथ

काठमाडौ. ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

footwear zone

सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

You might also like

Comments are closed.