जुक्ति टेकको सेवा सुरु, सफ्टवयर र एप्लिकेसन डेभलप लगायतका सेवा प्रदान गर्ने

काठमाडौं । सफ्टवयर र एप्लिकेसन डेभलप लगायत व्यावसायिक क्षेत्रलाई आवश्यक पर्ने प्रविधिसँग सम्बन्धित सेवा प्रदान गर्ने उद्देश्यसहित जुक्ति टेक प्रा.लि. सञ्चालनमा आएको छ । फ्लिट म्यानेजमेन्ट सिस्टम, स्कुल म्यानेजमेन्ट सिस्टम, हस्पिटल म्यानेजमेन्ट सिस्टम, लाइब्रेरी म्यानेजमेन्ट सिस्टम, एकाउन्टिङ सफ्टवयर, वेवसाइट डिजाइन लगायतका सेवा प्रदान गर्नेगरी कम्पनीले गत साताबाट सेवा सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत सुमन थपलियाले जानकारी दिए ।

घर, साना कार्यालय, इन्टरप्राइजेज, स्कुल, कलेज, हस्पिटल लगायतका क्षेत्रलाई आवश्यक पर्ने सूचना तथा प्रविधिसँग सम्बन्धी सेवाको समाधान कम्पनीले गर्नेछ । ‘अनुभव, क्षमता र दक्षताका आधारमा सही सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य छ,’ थपलियाले भने । मोबाइल एप डेभलप, वेव डिजाइन एण्ड डेभलपमेन्ट, इन्टरप्राइज एप्लिकेसन डेभलपमेन्ट, प्रोडक्ट डेभलपमेन्ट लगायतका सेवा कम्पनीले प्रदान गर्ने उनले बताए ।

footwear zone

कम्पनीको सिइओ सुमन थपलिया छन् भने सिटिओको जिम्मेवारीमा सरोज पौडेल छन् । टेक्नोलोजी कन्सल्टेन्ट नयन आचार्य, सिनियर सफ्टवयर इन्जिनियर एक नारायण पौडल, एआई एडभाइजर श्रीराम भट्टराई, इन्टरनेशनल एडभाइजर पंकज भट्टराई छन् ।

अमेरिका, जर्मनी, स्विजरल्याण्ड लगायतका कम्पनी प्रोडक्टबाट इन्टरनेशनल एडभाइजर छन् । कम्पनीले एआइ र बिआईका इन्टिग्रेटेड प्रोडक्ट प्रयोग गर्ने जनाइएको छ ।

यसैबीच, कम्पनीले ओपनिङको अवसरमा जुनसुकै सफ्टवयर र एप्लिकेसनमा पनि १० प्रतिशत छुट प्रदान गर्ने थपलियाले जानकारी दिए ।

You might also like

Comments are closed.