मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन

पर्वत ।

मध्यपहाडी लोकमार्गअन्तर्गत यहाँको कुश्मा नगरपालिका–८ चुवास्थित चाइनाचोक नजिकैको पहिरो हटाइएको छ । मंगलबार राति ९ः०० बजेको समयमा सडकमाथिबाट पहिरो झरेर पुरिएको सडकमा रहेका ढुङ्गा फुटाएर पन्छाइएपछि १९ घण्टामा सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

“मङ्गलबार राति ९ः०० बजे पहिरो गएपछि रातिमा गुडेका सवारी पनि बाटोमै अलपत्र परेका थिए, बुधबार बिहानैबाट बाटो खुलाउन प्रयास गरिएकामा केहीबेरअघिबाट बाटो सञ्चालन भएको छ”, उनले भने, “यसपटकको वर्षाले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा धेरै नै दुःख दियो, अवरुद्ध भएको छैटौँ मंगलबार साँझबाट खुलेको लोकमार्ग मंगलबार रातिबाटै अवरुद्ध भयो, वैकल्पिक सडक नहुँदा पनि समस्या भइरहेको छ ।”

footwear zone

मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लामा काम गरिरहेको लामा कन्स्ट्रक्सनले आज बिहानैबाट तीन एस्काभेटरको सहयोगमा सञ्चालन गराएको हो । अवरुद्ध बाटो सञ्चालन भएपछि पोखराबाट साविकको धौलागिरिका चार जिल्लाका लागि छुटेका तथा त्यहाँबाट बाहिरिन लागेका सवारी गन्तव्यतर्फ लागेका छन् ।

You might also like

Comments are closed.