लेउवा संघद्वारा बञ्जरालाई राहत रकम प्रदान

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघमा स्थापनाकाल देखि १० वर्षसम्म सेवा गरेका तथा संघका साधारण सदस्य समेत रहेका पोखरा–२६ का आनन्द बञ्जराको परिवारलाई लेखनाथ उद्योग वाणिज्य संघले मृत्यु पश्चातको रहत रकम प्रदान गरेको छ ।

केही गरौं भन्ने प्रगतीवाद सोचाई राख्ने बञ्जराले जागिर पछि आफनै घर बुढिबजारमा होटल ब्यवसाय संचालन गर्दै आएका थिए । ४७ वर्षीय बञ्जराको जण्डिस रोगका कारण गत असार २३ गते मृत्यु भएको हो ।

संघले आफ्ना सदस्यको हक हितका सवालमा सहयोग पुग्ने गरि स्थापना गरेको राहतकोषबाट स्व. बञ्जराको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । संघका कार्यसमिति तथा स्थानिय ब्यवसायीहरुको उपस्थितीमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष मोती प्रसाद पौडेल र वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बराल सहितको टोलीले स्व. बञ्जराको घरमा पुगी चेक हस्तान्त्रण गरेका हुन् ।

footwear zone

संघले व्यवसायी सदस्यको हितका लागी समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा ५० हजार र व्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप पाँच हजार प्रदान गर्दै आएको छ ।

परिवारको पिडामा समवेदना प्रकट गर्न पुगेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, निर्वतमान अध्यक्ष कृष्णहरि भण्डारी, पुर्व अध्यक्ष बाबुराम गिरी, सुमनमोहन भटराई र लक्ष्मी प्रसाद त्रिपाठी लगाएको एक प्रतिनिधी टोलीले स्वर्गीय बञ्जराकी बहिनी लक्ष्मी रानाभाटलाई सहयोग स्वरुपको चेक प्रदान गरेका हुन् ।

यस अघि संघले आफनै सदस्यहरुको दुःखद घटनामा परि ज्यान गुमाएका ६ जनाको परिवारलाई सहयोग गरिसकेको छ । स्वर्गीय बञ्जराका श्रीमती सुमित्रा बञ्जरा र दुई छोरी छन् ।

You might also like

Comments are closed.