अटोमोबाइल व्यवसायका सन्दर्भमा अर्थमन्त्री शर्मा र नाडा टोलीबीच छलफल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का टोलीबीच बिहीबार छलफल तथा भेटघाट भएको छ । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल लगायत पदाधिकारीहरुको टोलीले अटोमोबाइल व्यवसायका समस्या र समाधानका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका छन् ।

उक्त अवसरमा बोल्दै अर्थमन्त्री शर्माले अटोमोबाइल व्यवसायलाई व्यवस्थित गर्न र व्यवसायीका समस्या समाधान गर्न आफू सधैं तयार रहेको बताए । नाडा अध्यक्ष दुलालले राज्यको सबैभन्दा बढी कर तिर्ने क्षेत्र अटोमोबाइल व्यवसाय भएको स्मरण गराउँदै राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

कोभिड विरुद्धको खोपमा अटोमोबाइल व्यवसायीलाई प्राथमिकता दिन पनि अध्यक्ष दुलालले आग्रह गरेका छन् ।

footwear zone

You might also like

Comments are closed.