थप २ हजार ६७६ जनामा कोरोना पुष्टि

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार २५६ जनाको पिसिआर तथा चार हजार ५१२ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः १ हजार ७८२ र ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा देशभर ३३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौ हजार ४६३ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

footwear zone

नेपालमा संक्रमितको निको हुने दर ९४ दशमलव ६ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २६ हजार ४६८ जना संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.