निर्माणाधीन झोलुङगे पुललाई आइएमई फाउन्डेसनद्वारा १० लाख सहयोग

काठमाठौं । आइएमई फाउन्डेसनले झोलुङ्गे पुल निर्माणलाई सहयोग गरेको छ । धादिङस्थित निलकण्ठ नगरपालिका वडा नम्बर १० र २ जोड्ने थोपल खोलामा निर्माणाधीन पुलको सहयोगार्थ फाउनडेसनले १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुल निर्माणलाई सहयोग गरेको हो ।

कोरोना महामारीको विषम समयमा फाउन्डेसनले देशका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको छ ।

footwear zone

You might also like

Comments are closed.