रिद्धि सिद्धि सिमेन्टलाई थप गुणस्तर मापदण्ड; शिलान्यास रिद्धि सिद्धिसँग पुनः सुचारु

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।

गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गदै यसले थप जिम्मेवारीबोध भएको कम्पनीले बताएको छ । कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै यसले आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा रिद्धि सिद्धि सिमेन्ट विश्वस्त छ ।

निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित रिद्धि सिद्धि सिमेन्टले पहिलो पटक गत वर्ष ल्याएको थियो “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना जसलाई नयाँ वर्ष २०७८ मा पनि निरन्तरता दिएको थियो । तर, कोभिड–१९ को महामारीले निम्त्याएको प्रतिकूल परिस्थितिका कारण उक्त योजना स्थगित गरिएको थियो । केही हप्ता यता परिस्थिति सामान्य भएपछि कम्पनीले उक्त योजना पुनः सुचारु भएको जानकारी दिएको छ ।

footwear zone

योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)÷९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् । साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको QR code स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ। अथवा, रिद्धि सिद्धि सिमेन्टको आधिकारिक विक्रेतामा सम्पर्क राख्नुपर्नेछ ।

यो योजना प्रथम १ हजार जना उपभोक्तालाई मात्र लागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १ सय बोरा खरिद गरिएको हुनुपर्नेछ ।

You might also like

Comments are closed.