पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गरेका छन् । हेमजास्थित आश्रममा पुगेर उनले जन्मदिन मनाएका हुन् । उक्त अवसरमा उनले आश्रमलाई २५ हजार रुपैयाँ सहयोग गरे ।
रचनात्मक काम गर्दै जन्मदिन मनाएका गौतमले शुक्रबार बिहानको भोजन ग्रहणसमेत आश्रमका बृद्धबृद्धाहरुसँगै बसेर गरेका छन् । मानवीय सेवाको क्षेत्रमा मानवसेवा आश्रमले उदाहरणीय कार्य गरेको बताउँदै गौतमले आश्रम र आश्रमका अभियान्ताहरुको प्रशंसा गरेका छन् ।
पोखराको छोरेपाटनमा २०७४ चैत १७ बाट आश्रम सुरु भएको हो । अहिले कास्कीको हेमजामा ६३ रोपनी जग्गामा बृहद आकारमा आश्रम बनिरहेको छ । पोखरामा १ सय १५ जना र हेमजामा ४१ जना बुबाआमा आश्रित रहेको आश्रमका अभियान्ता होमनाथले तिमिल्सिनाले जानकारी दिए ।

आश्रमले सडकमा रहेका अनाथ, अपाङ्ग, असहाय, मनोरोगी व्यक्तिको सेवा गरिरहेको छ । मानवसेवा आश्रमले गण्डकी प्रदेशमा मात्र नभएर देश भरी नै सेवा सञ्चालन गरिरहेको छ ।





Comments are closed.