काठमाडौं । समृद्धि फाइनान्सले नेपालको जुनसुकै ठाउँबाट अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ । आर्थिक वर्षको पहिलो दिन साउन १ देखि कोभिड लागेका ग्राहकका लागि कोभिडको उपचारमा सहयोग पु¥याउन कोभिड रिलिफ लोन प्रदान गर्ने व्यवस्थासमेत फाइनान्सले गरेको छ ।
ग्राहकले अनलाइन एकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्नेछन् । त्यस्तै संस्थाका नयाँ तथा पुराना ग्राहकले उपचार तथा हस्पिटलको बिल भुक्तानी गर्न ‘गाह्रो साह्रोमा सहयोग गर्न छदैछ नि समृद्धि फाइनान्स’ मूल नाराका साथ ५० हजारदेखि ५ लाखसम्मको कोभिड रिलिफ लोन उपलब्ध गराउने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले जानकारी दिए ।

संस्थाले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।
साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि संचालनमा ल्याउँदैछ ।





Comments are closed.