प्रोग्रेशिभ फाइनान्सको शाखा जनकपुर र पाँचखालमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक र बाग्मती प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुरुवात गरेको छ ।

वित्तीय संस्थाको शाखा कार्यालयहरु थप भएपछि १३ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्शन काउन्टरहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह गरिनेछ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाहरुले जनकपुर तथा पाँचखालका नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्नेगरि काम गर्ने बताए । उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता हुमागाईंले व्यक्त गरेका छन् ।

footwear zone

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप ३ वटा शाखाहरु तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।

You might also like

Comments are closed.