काठमाडौं । गेटदेखि गेटसम्म सेवा भएकाले लोकप्रीय भइरहेको पठाओ ट्याक्सी झरीको समयमा गन्तव्यसम्म पुग्न अझ उत्तम बिकल्प भएको छ । झरीमा रुझ्दै चोकमा ट्याक्सी खोज्न जान नपर्ने भएकाले मनसुनको समयमा पठाओ ट्याक्सीको लोकप्रियता बढेको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
साथै कोरोना कहरको समयलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बिचमा प्लास्टिक सिल्ड (पर्दा) राखिएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई बिचार गरि प्लास्टिकको पर्दा अनिवार्य गरिएको बस्न्यातले बताए ।
क्याप्टेनने मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत ब्यवस्था हुने भएकाले सुरक्षित हुने बस्न्यात बताउँछन् । पठाओ एपमा नै भाडा देखिने भएकाले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज छ ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो । सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।
हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ’पठाओ बजार’ पनि सुरु गरेको छ । सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको छ ।




Comments are closed.