पोखरा । विभिन्न सचेतनामुलक, सृजनात्मक तथा विकाससंग सम्वन्धित काम गर्दै आइरहेको संस्था परिवर्तन नेपालले ‘रोजगार खोजी अभियान’को सुरुवात गरेको छ । हरेक महिना ४ जनालाई रोजगारको खोजी गर्ने अभियान अन्तर्गत संस्थाले यस महिना पनि रोजगार खोजी गरेको छ ।
रिसेप्सनिस्ट १ जना, मार्केटिङ म्यानेजर २ जना र एकाउन्टेन्ट १ जनाको लागि रोजगार खोजी गरेको कार्यक्रम संयोजक अभिमन्यु पाण्डेले आर्थिक आवाजलाई जानकारी दिए । ‘जनशक्तिलाई रोजगारीसँग जोड्नका लागि यो अभियान प्रभावकारी हुने हामीले विश्वास लिएको छौं,’ उनले भने, ‘यो अभियान निरन्तर चल्नेछ ।’ यस अभियानकोे सदस्यमा उमेश रेग्मी, बिष्णु सुवेदी र सञ्जय सुवेदी छन् ।
इच्छुक व्यक्तिले परिवर्तन नेपालको सिद्धार्थचोक पोखरामा रहेको मुख्य कार्यालय र न्युरोड पोखरामा रहेको हिमालय हाइ कन्सट्रक्सन एण्ड इन्जिनियरिङमा सम्पर्क गर्नसक्ने बताइएको छ।

संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी, प्राध्यापक एवं शैक्षिक व्यक्तित्व, इन्जिनियर, व्यवसायी, पर्यटन, कृषि लगायतका क्षेत्रमा आवद्ध व्यक्ति छन् । आवश्यकता अनुसार संस्थाले रचनात्मक तथा सृजनात्मक काम गर्दै आइरहेको छ । संस्थाले यसअघि औषधी निःशुल्क वितरण तथा निःशुल्क स्वाव संकलन, राहत वितरण जस्ता काम गरिसकेको छ ।




Comments are closed.