रोटरी क्लब अफ न्यातपोलको अध्यक्षमा रोशन शाह

काठमाडौं । ‘स्वार्थ भन्दा माथी सेवा’ भन्ने भावले स्थापित रोटरी इन्टरनेसनलको डिस्ट्रीक ३२९२, नेपाल(भुटान अन्तर्गत गत बर्ष स्थापना भएको रोटरी क्लब अफ न्यातपोलको बर्ष २०२१र२२ को अध्यक्षमा रोशन शाह चयन भएका छन् ।

शनिबार एभरेस्ट होटलमा आयोजित पदस्थापना कार्यक्रममा संस्थापक अध्यक्ष बिजय शर्माले नवनियुक्त अध्यक्ष शाहलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्ष मिना शेर्पा, सचिब अनिशा जोशी, सह सचिब सुनैना श्रेष्ठ, कोषाध्यक्ष कृष्ण कुँवर, सह(कोषाध्यक्ष श्रीष्टी राधा श्रेष्ठ रहेका छन् ।

footwear zone

क्लब एडमिन कमिटी अध्यक्ष बिष्णुकान्त घिमिरे, टिआरेफ कमिटी अध्यक्ष राकेश श्रेष्ठ, सर्भिस प्रोजेक्ट कमिटी अध्यक्ष प्रविन महर्जन, मेम्बरसिप कमिटी अध्यक्ष आशिष थापा, इन्टरनेशनल सर्भिस कमिटी अध्यक्ष सागर लोहनी, पब्लिक इमेज कमिटी अध्यक्ष अजय अर्याल रहेका छन् ।

संस्थापक अध्यक्ष बिजय शर्मा र आगामी अध्यक्ष उत्सव सिंह अधिकारी नयाँ कार्यसमितिमा पदेन सदस्य रहने ब्यवस्था छ ।

पदस्थापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् आर.आइ. डिस्ट्रीक ३२९२ का पुर्व गभर्नर चितामणी भट्टराईले औसत ३३ बर्ष उमेर भएका युवाहरुको क्लब भएकाले रोटरी न्यातपोलबाट अझ जुझारु गतिविधिको अपेक्षा गरेको बताए ।

कार्यक्रममा पुर्व गभर्नरहरु तिर्थमान शाक्य, योगेन्द्रमान प्रधान, असिस्टेन्ट गभर्नर लक्ष्मी खनाल, डिस्ट्रीक सेक्रेटरी प्रभात योन्जन र क्लब सल्लाहकार राजेन्द्र शाक्यको उपस्थिति रहेको थियो ।

रोटर्याक्ट कलबको विभिन्न ओहदामा रहि सेवाको क्षेत्रमा होमिएका शर्माले दर्जन बढी पेशागत बिधाका तीन दर्जन ब्यक्तिहरुलाई एकत्रित गरि गत बर्ष साउनमा कलबको स्थापना गरेका थिए ।

You might also like

Comments are closed.