पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसनद्वारा मन्त्री थापालाई बधाई

पोखरा ।

पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसनले गण्डकी प्रदेशका नवनियुक्त कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापालाई बधाइ तथा शुभकामना व्यक्त गरेको छ । मन्त्री थापा एसोसिएसनका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार हुन् ।

सो अवसरमा मन्त्री थापाले अर्थतन्त्र चलायमान बनाउन अटोमोबाइल व्यवसायको योगदान महत्वपुर्ण रहेको बताए । एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले अटोमोवाइल व्यवसायीका समस्यावारे मन्त्री  थापालाई जानकारी गराएका थिए । कार्यक्रममा एसोसिएसनका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य लगायत उपस्थित थिए ।

footwear zone

You might also like

Comments are closed.